कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

बागलुङमा बस र एम्बुलेन्स ठोकिँदा ४ घाइते

भाद्र १९, २०८१
बागलुङमा बस र एम्बुलेन्स ठोकिँदा ४ घाइते

बागलुङ — बस र बिरामी बोकेको एम्बुलेन्स एक आपसमा ठोकिंदा ४ जना घाइते भएका छन् । एकजना गम्भीर छन् । पर्वतको कुश्मा नगरपालिका-२ को अर्मादीमा बुधबार दिउँसो दुई सवारी ठोकिँदा कुश्मा नगरपालिका ५ की ४५ वर्षीया भगवती क्षेत्री, ४९ वर्षीया केशरी अधिकारी र ५२ वर्षीया गीताकुमारी क्षेत्री र पोखरा लैजाँदै गरिएका बिरामी ईश्वरी पाठक घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक खुमलाल भुसालले बताए । 

घाइतेमध्ये भगवतीको अवस्था गम्भीर छ । उनलाई पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको छ भने अन्य तीन जनाको पर्वत अस्पतालमा उपचार भइरहेको छ ।

चितवनबाट बागलुङ आइरहेको लुम्बिनी प्रदेशको ००१०३०० नम्बरको बस र पर्वतको जलजला गाउँपालिकाबाट पोखरा जाँदै गरेको ग १ झ ६९५ नम्बरको एम्बुलेन्स ठोकिएको प्रहरी नायव उपरीक्षक खुमलाल भुसालले बताए । दुवै सवारी सडकमा पल्टिएका छन् । दुवै चालक प्रहरी नियन्त्रणमा छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक खुमलाल भुसालले बताए ।

प्रकाशित : भाद्र १९, २०८१ १७:५१
x
×