कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

मनाङेको राजीनामा स्वीकृत

भाद्र १७, २०८१
मनाङेको राजीनामा स्वीकृत

पोखरा — गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वन तथा वातावरण मन्त्री नियुक्त भएका राजीव गुरुङ (दीपक मनाङे) को राजीनामा स्वीकृत गरेका छन् ।

सोमबार सरकारमा एमाले सहभागी भएपछि मुख्यमन्त्री पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट हटाएर वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

तर, मनाङेले आफ्नो इच्छाविपरीत भएको भन्दै राजीनामा दिएका हुन् । मनाङेले सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयमा दाबी गर्दै आएका थिए ।

मनाङेको राजीनामा स्वीकृत गरेपछि हाल वन तथा वातावरण मन्त्री मुख्यमन्त्रीसँगै रहेको पाण्डेका प्रेस सहयोगी नरहरि सापकोटाले बताए । भागबन्डा मिलाउन ७ मन्त्रालयबाट ९ बनाएपछि कांग्रेसको भागमा परेको ५ मन्त्रालयभित्रबाट मुख्यमन्त्री पाण्डेले मनाङेलाई मन्त्रीमा निरन्तरता दिएका थिए ।

मनाङेको राजीनामापछि उक्त मन्त्रालय कांग्रेसकै भागमा परे पनि कसलाई पठाउने भन्ने टुंगो लागिसकेको छैन । कांग्रेसकै भागबाट नेपाल समाजवादी पार्टी (नेसपा) का सांसद फणीन्द्र देवकोटा भने उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री छन् ।

प्रकाशित : भाद्र १७, २०८१ १९:०५
x
×