कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

बागलुङमा चार दिनदेखि दुई बालिका बेपत्ता

भाद्र १६, २०८१

गलकोट — बागलुङको काठेखोला गाउँपालिका–७ रेशका दुई बालिका चार दिनदेखि बेपत्ता भएका छन् ।

रेशको नुन्थला माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा अध्यनरत सन्ध्या किसान र अमृता किसान भदौ १३ गते बिहानदेखि बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख ऋषिराज कँडेलले बालिकाकोको खोजीका लागि प्रहरीले नेपालभर फोटोसहितको विवरण पठाइएको जानकारी दिए ।

प्रकाशित : भाद्र १६, २०८१ २१:१२
x
×