कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

भागबन्डा मिलाउन गण्डकीमा फुटाइयो मन्त्रालय

भाद्र १६, २०८१
भागबन्डा मिलाउन गण्डकीमा फुटाइयो मन्त्रालय

Highlights

  • एमालेलाई ४ मन्त्रालय

पोखरा — भागबन्डा मिलाउन गण्डकी प्रदेश सरकारले मन्त्रालय संख्या ७ बाट ९ पुर्‍याएको छ । आइतबार मन्त्रिपरिषद्को बैठकले दुई वटा मन्त्रालय फुटाउने निर्णय गरेको हो । सामाजिक विकास तथा स्वास्थ्य र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाइएको हो । 

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एमालेलाई सरकारमा ल्याउन मन्त्रालय बढाइएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार कांग्रेसले मुख्यमन्त्रीसहित ५ र एमालेले ४ मन्त्रालय पाउने छ ।

हाल भौतिक पूर्वाधारमन्त्री रहेका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) र उर्जा तथा खानेपानीमन्त्री रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का फणीन्द्र देवकोटा कांग्रेसको ५ भित्रै पर्ने छन् । एमालेले कुन–कुन मन्त्रालय पाउने भन्ने टुंगो नलागिसकेको मुख्यमन्त्री पाण्डेले बताए ।

कांग्रेस र एमालेको दलीय सहमतिकै आधारमा मन्त्रालयको संख्या बढाइएको उनको भनाइ थियो । ‘अहिले फुटाइएको मन्त्रालय एउटै भए पनि संगठन संरचना दुईवटा थिए, कार्यालय दुईवटा थिए, सचिवहरु दुईवटा थिए,’ उनले भने, ‘गण्डकीमा मन्त्रालय थपघट भइरहेको छ । अहिलेको परिस्थितिमा औचित्य र आवश्यकता हेरेर ९ वटा मन्त्रालय बनाइएको हो । यसले संगठन संरचनामा खासै केही पनि फरक आउँदैन । केबल दुईजना मन्त्री मात्रै थपिने अवस्था रहन्छ ।’ उनले एक–दुई दिनमै एमाले सरकारमा आउने बताए ।

प्रकाशित : भाद्र १६, २०८१ १९:०३
x
×