कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

देवचुलीमा बेवारिसे शव फेला 

भाद्र १५, २०८१
देवचुलीमा बेवारिसे शव फेला 

नवलपुर — पूर्वी नवलपरासीको देवचुलीमा बेवारिसे शव फेला परेको छ । देवचुली नगरपालिका-१, मेगापार्कनजिकै नारायणी नदी किनारमा शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी बेदबहादुर पौडेलका अनुसार अन्दाजी ३०/३५ वर्षको मोटो शरीर र मंगोलियन अनुहारको जस्तो देखिने महिलाको शव फेला परेको छ ।

शवको सनाखत भएको छैन । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र १५, २०८१ १४:५१
x
×