कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

टान गण्डकीको अध्यक्षमा आचार्य

भाद्र १५, २०८१
टान गण्डकीको अध्यक्षमा आचार्य

Highlights

  • वैकल्पिक पदमार्गको पहिचान र विकास आवश्यक : प्रदेश प्रमुख भट्ट

पोखरा — ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको अध्यक्षमा कृष्णप्रसाद आचार्य निर्वाचित भएका छन् । पोखरामा शनिबार टान गण्डकीको ३१ औं वार्षिक साधारणसभा तथा १८ औं अधिवेशनले आचार्यको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।

अधिवेशनबाट प्रथम उपाध्यक्षमा तीर्थराज सुवेदी, द्वितीय उपाध्यक्षमा मोहनप्रसाद सुवेदी, सचिवमा गोपालकृष्ण संग्रौला, सहसचिवमा भूपेन्द्रकुमार लामा र कोषाध्यक्षमा दीपकप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यमा प्रकाश पौडेल, माधवप्रसाद खनाल, रेनुका कार्की, चन्द्रबहादुर भुजेल, बलराम दाहाल, अजयराज अधिकारी, भूपेन्द्र गौतम र श्रीकृष्ण तिमिल्सिना निर्वाचित भए । समितिको कार्यकाल दुई वर्ष रहेको छ । यसअघि धर्मराज पन्थी अध्यक्ष थिए ।

अधिवेशन उद्‌घाटन गर्दै गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नयाँ र वैकल्पिक पदमार्गहरुको पहिचान र विकास गर्नुपर्ने आवश्यकतामाथि जोड दिए । उनले ग्रामीण सडकको अवैज्ञानिक विकास विस्तारसँगै सदियौंदेखि सञ्चालनमा रहेका पदमार्गहरू विस्तारै लोप हुँदै गइरहेको अवस्थामा वैकल्पिक पदमार्ग आवश्यक रहने बताए ।

पर्यटकको बसाइँ अवधि जति लम्ब्याइयो उति नै मुलुकलाई फाइदा हुने उनको भनाइ थियो । ‘गण्डकी प्रदेशको राजधानी पोखरा मुलुककै पर्यटकीय राजधानी पनि हो । पोखरा पदयात्राको मूलद्वारका रुपमा लिइन्छ । नेपालको पर्यटन उद्योगको थालनी पर्वतारोहण र पदयात्राबाटै भएको हो,’ उनले भने, ‘यस प्रदेशमा दर्जनौं विश्वपरिचित पदमार्ग छन् । प्रख्यात अन्नपूर्ण पदमार्ग, मनास्लु ट्रेक लगायतका पदमार्गहरु हाम्रा सम्पति हुन् । जसलाई हामीले जोगाउनुपर्दछ ।’

प्रकाशित : भाद्र १५, २०८१ २०:४२
x
×