कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

तामाको तार चोरी गरेको अभियोगमा तीनजना पक्राउ

भाद्र १४, २०८१
तामाको तार चोरी गरेको अभियोगमा तीनजना पक्राउ

कास्की — तामाकाे तार चाेरी आराेपमा कास्की प्रहरीले तीन जनालाई पक्राउ गरेकाे छ । प्रहरीले पोखरा महानगरपालिका-१४ मझेरीपाटन बस्ने २९  वर्षीय सुजन परियार, ३७ वर्षीय विकास खवास र २६ वर्षीय निशान दर्जीलाई पक्राउ गरेको हो ।

उनीहरूलाई जिल्ला अदालत कास्कीमा चोरी तथा डाँका सम्बन्धी मुद्दा दर्ता गरी ५ दिनकाे म्याद थप गरिएकाे जिल्ला प्रहरी प्रमुख माेहन थापाले बताए ।

पाेखरा महानगरपालिका-१४ मझेरीपाटन गाेर्खा भिलेजस्थित सिभिल हाईड्रोपावर स्टोर्सको कम्पाउण्डमा स्टोर गरी राखेको ३३ केभी ट्रान्समिसन लाईनमा प्रयोग हुने अन्डरग्राउण्ड पावर केवलको लागि आवश्यक पर्ने तामाको तार, आल्मोनियम अन्डरग्राउण्ड पावर केवल र जेनेरेटरको पार्टपुर्जा गरी अन्दाजी ६ लाख बराबरको सामान चोरी गरेकाे प्रहरीले जनाएकाे छ ।

उनीहरूलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले बुधबार राति पक्राउ गरेकाे हाे । चाउथेस्थित तारको बाहिरी कबर फाली तामाको तार मात्र बोरामा राख्न लागेको अवस्थामा अन्दाजी ९६ केजी तामाको तार र ७ केजी तामाको टुक्रा झोलामा हालिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेकाे हाे ।

प्रकाशित : भाद्र १४, २०८१ २०:२९
x
×