कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

कावासोतीमा प्रहरीले पेट्रोल पम्प खोल्ने

भाद्र ५, २०८१

पूर्वी नवलपरासी — जिल्ला प्रहरी कार्यालय कावासोतीको अघिल्तिर प्रहरीले नयाँ पेट्रोल पम्प खोल्ने भएको छ । प्रहरीको नाममा महेन्द्र राजमार्गमा रहेको २२ कठ्ठा जग्गामा प्रहरीले पम्प खोल्न लागेको हो ।

अत्याधुनिक पम्पमा इभी चार्जिङ स्टेशन, कफी सपसमेत हुनेछ । जिल्ला प्रहरी कार्यालयको अघिल्तिरको जग्गामा खोल्न लागिएको पम्पको शुक्रबार बिहान एआइजी टेकप्रसाद राइले शिलान्याश गर्ने कार्यक्रम रहेको छ ।

पम्प खोल्न ठेक्का लिएका ठेकेदारले २ दिनअघि नै काम सुरु गरिसकेका छन् । जिल्ला प्रहरी कार्यालय र फलफुल चोकको नजिकमा खुल्ने पम्प निर्माणको काम आगामी १८ महिनामा सम्पन्न हुने बताइएको छ ।

बगैँचा र प्रर्याप्त गाडी पार्किङ क्षमताको यो पम्प नेपालकै नमुना हुने प्रहरीको दाबी छ । १० करोड ८० लाखको लागतमा पम्प निर्माण सुरु भएको हो । राज्य संयन्त्रको प्रमुख अङ्ग मानिने प्रहरीले नाफामुलक ब्यापार ब्यबसाय गर्न नहुने भन्दै आलोचना भइरहेको अबस्थामा प्रहरीले कावासोतीको मुख्य बजारमा पम्प खोलेर ब्यापार गर्न लागेको हो ।

प्रकाशित : भाद्र ५, २०८१ २०:२८
x
×