कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

करेन्ट लागेर कामदारको मृत्यु 

भाद्र १६, २०८१
करेन्ट लागेर कामदारको मृत्यु 

काभ्रे — पनौती नगरपालिका-६ स्थित नेपाल प्रहरी एकेडेमीको निर्माणाधीन भवनमा एक जना कामदारको करेन्ट लागेर मृत्यु भएको छ ।

काभ्रेको पनौती नगरपालिका-६ स्थित प्रहरीको निर्माणाधीन भवनमा काम गर्ने सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका-१ का २० वर्षीय सविन चौधरीको मृत्यु भएको हो ।

आइतबार साँझ ५ बजे करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार उनलाई उपचारका लागि साँझ ६ : ३० बजे धुलिखेल अस्पताल लगिएकोमा साँझ ७ : ०० बजे मृत्यु भएको हो ।

प्रकाशित : भाद्र १६, २०८१ २०:४३
x
×