कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

धुलिखेल-खावा सडक हिलाम्मे, यात्रुलाई सास्ती

भाद्र १६, २०८१
धुलिखेल-खावा सडक हिलाम्मे, यात्रुलाई सास्ती

काभ्रे — गएराति परेको वर्षाको कारण सडक हिलाम्मे भएकाले अरनिको राजमार्गमा दुईतर्फी यातायात अवरुद्ध भएको छ । आइतबार बिहान ३ बजेदेखि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

७ घण्टादेखि सडकमा यातायात अवरुद्ध हुँदा सयौं यात्रु बीच बाटोमै रोकिएका छन् ।

तातोपानी भन्सार आउने-जाने कन्टेनर पनि रोकिएका छन् । अवरुद्ध भएको सडक खुलाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ । सडक हिलाम्मे भएकाले दुईतर्फी सुरु हुन केही सम्य लाग्ने प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : भाद्र १६, २०८१ ११:२८
x
×