कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

कक्षा १२ को परीक्षामा वडाध्यक्ष पनि उत्तीर्ण

श्रावण १८, २०८१
कक्षा १२ को परीक्षामा वडाध्यक्ष पनि उत्तीर्ण

मकवानपुर — कक्षा १२ को परीक्षामा मनहरी गाउँपालिका वडा नं १ का वडाध्यक्ष शिवप्रसाद खनाल पनि उत्तीर्ण भएका छन् । ५२ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिएका वडाअध्यक्ष खनाल पनि उत्तीर्ण भएका हुन् ।

पढाइलाई उमेरले छेक्दैन भन्ने उदाहरणलाई स्थापित गर्दै उनले जीवनको यो उमेरमा पढाइलाई निरन्तरता दिएका थिए ।

आफ्नो छोराछोरीको उमेरका बालबालिकाहरुसँगै पठनपाठन गर्दै उनी कक्षा १२ को परीक्षामा सहभागी थिए । उनले २.४१ जीपीए प्राप्त गरेका छन् । यसभन्दा अगिल्लो वर्ष कक्षा ११ को परीक्षामा पनि २.५३ जीपीए प्राप्त गरी उनी उत्तीर्ण भएका थिए ।

प्रकाशित : श्रावण १८, २०८१ १५:२७
×