कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

सर्लाहीमा पोखरीमा डुबेर एक जनाको मृत्यु

भाद्र १६, २०८१

सर्लाही — सर्लाहीको हरैयामा पोखरीमा डुबेर एक पुरुषको ज्यान गएको छ । शनिबार राति नै डुबेका उनको शव आइतबार बिहान फेला परेको हो ।

हरिपुर नगरपालिका-४ हरैयाका अन्दाजी ५० वर्षका सुकरत माझीको पोखरीमा डुबेर मृत्यु भएको हो । उनको शव बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लग्ने तयारी भइरहेको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ ।

प्रकाशित : भाद्र १६, २०८१ ०८:३४
x
×