कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

अवैध चोरीसिकारी प्रकरण : पोस्टमार्टमका लागि खाल्टोबाट निकालियो बँदेल 

भाद्र १६, २०८१
अवैध चोरीसिकारी प्रकरण : पोस्टमार्टमका लागि खाल्टोबाट निकालियो बँदेल 

Highlights

  • पूर्वडीआईजीसहित 'हाईप्रोफाइल व्यक्ति जोडिएपछि घटना लुकाउन खोजिएको थियो

राजविराज — अवैध चोरीसिकारी गर्नेहरूले मारेको बँदेललाई गाडिएको खाल्टोबाट चार दिनपछि निकालिएको छ । गत बिहीबार साँझ सब-डिभिजन वन कार्यालय कञ्चनपुर परिसरमा गाडिएको बँदेल पोस्टमार्टमका लागि आइतबार बिहान खाल्टोबाट निकालिएको हो ।

अवैध चोरीसिकारी गर्नेहरूले मारेको बँदेल पोस्टमार्टमबिना नै गाडिएको समाचार सञ्चारमाध्यममा प्रकाशित भएपछि डिभिजन वन कार्यालय सप्तरीको निर्देशनमा गाडिएको स्थानबाट बँदेल निकालिएको हो ।

खाल्टोबाट निकालिएको बँदेल पोस्टमार्टमका लागि कोशी टप्पु वन्यजन्तु आरक्ष लागिएको गत भदौ १२ गते मध्यराति सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर-१ कोशी पलार क्षेत्रबाट राइफल, गोली, मारिएको बँदेलसहित पक्राउ परेका पूर्वडीआईजी ज्ञानविक्रम शाह, बहालवाला सई सन्जय न्यौपाने र पूर्वउपसभामुख गंगाप्रसाद यादवका छोरा आकाश बहरखेर यादवलाई उन्मुक्ति दिन हतार-हतारमा बँदेल गडिएको थियो ।

हनुमाननगर कंकालिनी नगरपालिका-१ कोशी ब्यारेज क्षेत्रबाट अवैध रूपमा बँदेल मारेर ल्याउँदै गर्दा इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुशान्त मिश्र नेतृत्वको प्रहरी टोलीले हतियारसहित उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ पर्नेहरूमा सुनसरीको इटहरी उपमहानगरपालिका-२ घर भएका नेपाल प्रहरीका पूर्वडीआईजी ज्ञानविक्रम शाह र विराटनगर-३ घर भएका नेपाल प्रहरीका बहालवाला सई सञ्जय न्यौपाने रहेका थिए ।

यस्तै हनुमाननगर कंकालिनी नगरपालिका ८ घर भएका पूर्वउपसभामुख गंगाप्रसाद यादवका छोरा आकाश बहरखेर यादव, तिरहुत-२ का लक्षमण मण्डल, हनुमाननगर कंकालिनी-२ का जर्नादन राउत, इटहरी २ का प्रदीप लिम्बू, राजविराज-७ का रविन दासलाई समेत पक्राउ गरिएको थियो । यसैगरी हनुमाननगर कंकालनी नगरपालिका-५ का ओमशंकर प्रसैला, वडा नम्बर-१ का लक्षमण मण्डल, वडा नम्बर-३ का शंकर खिडहरी यादवलाई पनि पक्राउ गरिएको थियो ।

प्रहरीले उनीहरूको साथबाट २२ क्यालिबरको राइफल एकवटा, म्यागजिन दुई, १५ राउन्ड गोली, तीनवटा वाइनाकुलर, ट्राइपड एक, फलामको हथौडा एक, खुर्पा एक पनि बरामद गरेको थियो। यस्तै मारिएको बदेल लोड गरिएको को २ त ६९ नम्बरको ट्याक्टर र प्र ३ - ०१- ०२२ च ६८५५ नम्बरको स्कारपियो जिपसमेत नियन्त्रणमा लिएको थियो ।

सप्तरीका प्रहरी प्रमुख एसपी गजुसिद्धि बज्राचार्य र इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी महेन्द्र नेपालको निर्देशनमा शिकारीहरूले मारेको बँदेल बेवारिसे भन्दै सब-डिभिजन वन कार्यालयमा बुझाई पक्राउ गरिएका पूर्वडीआइजी शाहसमेत १० जनालाई गत बिहीबार नै छोडिएको थियो ।

प्रकाशित : भाद्र १६, २०८१ ११:५४
x
×