कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

स्रोत नखुलेको १५ लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ 

भाद्र ९, २०८१
स्रोत नखुलेको १५ लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ 

महोत्तरी — सशस्त्र प्रहरी बलले स्रोत नखुलेको मोटो रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जलेश्वर नगरपालिका-२ स्थित मालिवडाबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको १५ लाख २४ हजार ९ सय भारतीय रुपैयाँसहित भारतीय नागरिकहरु वैशाली हाजिपुरका ३४ वर्षीय ललन कुमार र सोही ठाउँका २६ वर्षीय मोहन कुमारलाई नियन्त्रणमा लिएको हो । 

आइतबार बिहान सशस्त्र प्रहरी बल, नेपाल गुल्म जलेश्वरबाट मलिवडा बसपार्क इलाकाबाट सशस्त्र प्रहरी निरीक्षक गान्धर कुमार चौलागाईंको टोलीले भारतीय सीमा पार गरी नेपाल प्रवेश गरेको बीआर ३१ एके ८८०७ भारतीय नम्बरको अल्टो कार चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रकम फेला पारेको सशस्त्र प्रहरी बल, नेपाल नं ९ गण हेडक्वार्टर जलसागरले जनाएको छ ।

कारको डिक्कीमा हरियो रंगको झोलामा लुकाइ छिपाइ राखेको अवस्थामा भारतीय रुपैयाँ पाँच सय, दुई सय र एक सय दरका नोटहरू फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई रकमसहित आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र ९, २०८१ १५:५३
x
×