कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

डकैतीमा संलग्नलाई गोली प्रहार गरी नियन्त्रण

डकैतीमा संलग्नलाई गोली प्रहार गरी नियन्त्रण

धनुषा — प्रहरीको मोस्टवान्टेड सूचीमा रहेका डाँकालाई प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ । महोत्तरीको सितलपुरमा गोली प्रहार गरी डाँकालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सर्लाही लालाबन्दी-२ का ४० वर्षीय विजेन्द्र पासवानलाई प्रहरीले एक राउन्ड गोली घुँडा मुनी प्रहार गरी नियन्त्रणमा लिएको हो । गोली लागेर घाइते भएका पासवानलाई उपचारको लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ ।

लामो समयदेखि बारा, सर्लाही, महोत्तरी, सिरहा र सिन्धुलीमा पटक पटक डकैती गर्ने खुँखार डाँकालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा आइतबार राति गोलि प्रहार गरी नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक सन्तुलाल जैसवारले बताए ।

महोत्तरी सोनमा गाउँपालिका-५ खैरवनीस्थित सर्लाही र मोहत्तरी सीमाना शितलपुर भन्ने स्थानमा जम्काभेट भइ डाँका गर्ने व्यक्ति उम्कन खोज्दा निजलाई नियन्त्रणमा लिन बल प्रयोग गर्नु परेको जैसवारले बताए । पक्राउ परेका पासवानबारेमा थप अनुसन्धान भइरहेको जैसवारले बताए ।

प्रकाशित : असार ३१, २०८१ ०९:५०
x
×