कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८

गोतामे पत्रकारिता स्वर्ण पदक बद्री बिनोदलाई

फाल्गुन २, २०८०
गोतामे पत्रकारिता स्वर्ण पदक बद्री बिनोदलाई

पर्सा — पोखराका अग्रज पत्रकार एवम् साहित्यकार बद्री बिनोद प्रतीक ‘गोतामे पत्रकारिता स्वर्ण पदक’ बाट सम्मानित भएका छन् ।बुधबार वीरगन्जमा पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले पत्रकार प्रतीकलाई यसवर्षको ‘गोतामे पत्रकारिता स्वर्ण पदक' ले सम्मान गरेको हो ।

प्रतीकलाई एक तोला सुनको स्वर्ण पदक सहित सो पुरस्कारबाट सम्मानित गरिएको छ । कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले प्रतीकलाई पुरस्कार प्रदान गरेका थिए ।

मेयर सिंहले मर्यादित पत्रकारिता आजको आवश्यकता रहेको बताए । उनले पत्रकारिता सधैं निष्पक्ष र स्वतन्त्र हुनुपर्ने बताउँदै जनप्रतिनिधिले गरेका नराम्रा काम मात्र नभई राम्रा कामको पनि सञ्चारमाध्यमले लेखिदिनुपर्ने बताए ।

सो अवसरमा विगतमा आफू र गौतम दुवै एउटै साप्ताहिक ‘मातृभूमि’ काम गरेको स्मरण गर्दै पुरस्कृत पत्रकार प्रतीकले तत्कालिन पन्चायत शासकले २०१८ सालमा काठमाडौंमा बन्द गराएको साप्ताहिक पत्रिका पछि वीरगन्जबाट प्रकाशित हुन थालेको बताए ।

पत्रकार एवम् विश्लेषक चन्द्रकिशोरले ‘संजय’ उपनामले पनि समाचार र लेखरचना लेख्ने गरेका गौतमले सँधै जनताको पक्षमा कलम चलाएको स्मरण गरे ।

प्रतिष्ठानका अध्यक्ष जगदीश प्रसाद शर्माले मर्यादित पत्रकारिता अहिलेको आवश्यकता बन्दै गएको बताए ।

प्रकाशित : फाल्गुन २, २०८० १८:४०
×