कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

गौहत्या सम्बन्धी कसुरमा ४ जना पक्राउ  

भाद्र २३, २०८१
गौहत्या सम्बन्धी कसुरमा ४ जना पक्राउ  

झापा — झापामा गाई काटेको आरोपमा प्रहरीले तीन जना भुटानी शरणार्थीसहित ४ जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार दमक नगरपालिका-२ का लक्ष्मण विष्टले पालेको गर्भिणी गाई चोरी गरी काटेको आरोपमा चार जनालाई पक्राउ गरिएको हो ।

प्रहरीले दमक नगरपालिका वडा नं. २ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर क्याम्प नं. २ छाप्रो नम्बर ३३२ बस्ने ४४ वर्षीय प्रेम बहादुर बिष्ट, दमक नगरपालिका वडा नं. ३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर क्याम्प नं. ३ छाप्रो नम्बर ए३–२०८ बस्ने ३८ वर्षीय खगेन्द्र दुलाल, सोही क्याम्पको छाप्रो नम्बर ए ३– १२० मा बस्ने ३२ वर्षीय विधान थापा र दमक नगरपालिका वडा नं. ४ बस्ने ४५ वर्षीया गिता श्रेष्ठलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरूको साथबाट घरेलु हतियारसमेत बरामद भएको छ । चार जना अभियुक्तलाई गौहत्या सम्वन्धी कसुरमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र २३, २०८१ १४:२७
×