कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई विजयी

वैशाख १, २०८१
एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई विजयी

खोटाङ — नेकपा एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई विजयी भएका छन् । आठौं जिल्ला अधिवेशनमा सहमति जुट्न नसकेपछि शुक्रबार भएको निर्वाचनमा निवर्तमान अध्यक्ष रामप्रसाद दंगाललाई पराजित गर्दै राई अध्यक्षमा विजयी भएका हुन् । देवविक्रमले ३ सय ३९ मत र रामप्रसादले १ सय ८७ मतले प्राप्त गरेका थिए ।  

त्यस्तै उपाध्यक्षमा कुमार आचार्य विजयी भएका छन् । उनले ३ सय ९५ मत पाए । उनका प्रतिस्पर्धी उपीनकुमार राईले १ सय ३४ मत पाए ।

उपसचिवमा १ सय ४० मत ल्याएर राजनकुमार बन्जरा विजयी भएका छन् । उपसचिवमा गिरेन्द्रबहादुर राईले १ सय ३५, दिलचक्र राईले ६२, दिनेश राईले ४९, गोपीकृष्ण खड्काले ३३, युवराज रिजालले २४ र कमल ढकालले २३ मत ल्याएका छन् ।

महिला उपसचिवमा कविता राईले ४ सय १२ मत ल्याएर विजयी भइन् । उनकी प्रत्यासी भगवती प्रधानले ८९ मत ल्याइन् ।

सचिवमा भने सुरेन्द्रकुमार राई निर्विरोध निर्वाचित भएका छन् ।

माटिकोरे कभर्ड हलमा भएको जिल्ला अधिवेशनको मतदानमा ५ सय ६६ प्रतिनिधिमध्ये ५ सय ३९ मत खसेको थियो ।


प्रकाशित : वैशाख १, २०८१ ०६:३८
×