कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

'दलितलाई खै ?' [तस्बिरहरू]

तस्बिर : दीपक केसी

काठमाडौँ — संविधानले दलित समुदायको अधिकारका लागि विभिन्न हक र अधिकारको व्यवस्था गरे पनि सरकारले तिनको कार्यान्वयन नगरेको भन्दै 'दलितका लागि दलित अभियान, नेपाल' ले बिहीबार माइतीघरमा प्रदर्शन गरेको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस अवसरमा अभियानले प्रदर्शन गरेको हो । प्रदर्शनमा मुलुकका विभिन्न जिल्लाबाट समेत आएका छन् । सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायलाई विभेद गरिएको भन्दै अभियानले प्रदर्शन गरेको हो । 

पछिल्लो पटक मन्त्रिपरिषद् गठन असमावेशी भएको, डेढ दर्जन राजदूत नियुक्ति गर्दा समेत समावेशी व्यवस्थालाई बेवास्ता गरिएको, जातीय भेदभाव र छुवाछुतको निर्मूल पार्नका लागि सरकारले प्रभावकारी कानुन, नीति कार्यक्रम र बजेटको समेत प्रबन्ध नगरेको भन्दै युवाहरूले  विभिन्न प्ले-कार्डसहित र्‍याली निकालेर दलितलाई खै ? भन्दै प्रदर्शन गरे, सरकारलाई प्रश्न गरे । दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले करिब एक महिनादेखि माइतीघर मण्डलामा शरीरमा नेल लगाएर दलितलाई खै भन्दै प्रदर्शन गर्दै आएका थिए । 

प्रकाशित : आश्विन ३, २०८१ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्