कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

संविधान दिवस : दरबारमार्गमा सडक बन्द गरेर बनाइदैछ स्टेज [तस्बिर]

तस्बिर : सफलप्रकाश श्रेष्ठ

काठमाडौँ — सरकारले बिहीबार संविधान दिवसको सन्दर्भमा आयोजना गरेको कन्सर्टको तयारीका लागि भन्दै दरबारमार्ग क्षेत्रमा सडक ठप्प पारिएको छ । त्यहाँ 'नेसनल डे कन्सर्ट’ का लागि स्टेज बनाउने काम तीव्रताका साथ चलिरहेको छ। स्टेज निर्माणको काम भइरहेका बेला ट्राफिक प्रहरीले सो क्षेत्रमा सवारी आवागमनमा रोक लगाएको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार केशरमहल चोकबाट नारायणहिटीको दक्षिणगेटतर्फ जाने सवारी साधनहरूलाई जमलतर्फ, जय नेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनहरूलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनहरूलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको छ। यसरी दरबारमार्ग क्षेत्रमा सडक आवागमन बन्द गरेसँगै सपास क्षेत्रमा जाम देखिएको छ। सरकारले संविधान दिवसका दिवस बिहान मूल समारोह सैनिकमञ्च टुँडिखेलमा गर्ने र दिउँसो ४ बजे नारायणहिटी दरबार अगाडिको सडकमा सांगीतिक कार्यक्रम गर्ने जनाएको छ ।


प्रकाशित : आश्विन २, २०८१ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्