कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

उपत्यकाका नदी किनारासम्बन्धी सर्वोच्चको फैसलाविरुद्ध सुतेर प्रदर्शन [तस्बिरहरू]

तस्बिर : दीपक केसी

काठमाडौँ — उपत्यकाका खोला किनारासम्बन्धी सर्वोच्च अदालतले गरेको फैसला गैरन्यायिक भएको र सयौँ सर्वसाधारणको सम्पत्ति र आवासको हक खोसिएको भन्दै निरन्तर विरोध प्रदर्शन भइरहेको छ । बिहीबार प्रदर्शनकारीहरूले माइतीघरमा सडकमा सुतेर विरोध प्रदर्शन गरेका छन् ।

नदी करिडोर क्षेत्रका बासिन्दाको हक अधिकारका लागि कार्यरत संगठनहरूले संयुक्तरुपमा माइतीघरमा सडकमा सुतेर प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा राष्ट्रिय मुक्ति क्रान्ति नेपालका अध्यक्ष राजेन्द्र महतो, सुमन सायमी, जुनतारा पुन मगर, बुद्ध छिरिङ मोक्तान, रबिन्द्रकुमार श्रेष्ठ, जितेन्द्र बज्राचार्य, गोपाल किराँती लगायतले सडकमा सुतेर विरोध गरे ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले २०८० पुस ३ गते गरेको फैसलामा खोला किनारबाट थप २० मिटर छोड्नुपर्ने र नदी किनारका सरकारी जग्गा अतिक्रमण गरी बनाइएका बस्ती हटाउन भनिएको थियो । सर्वोच्चको उक्त फैसलाले सयौँ नागरिकहरूलाई अन्याय हुने भन्दै सरकारले नै पुनर्विचारका लागि माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

प्रकाशित : आश्विन ३, २०८१ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्