कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

दरबारमार्गमा 'नेसनल डे कन्सर्ट' [तस्बिरहरू]

तस्बिर : सफलप्रकाश श्रेष्ठ

काठमाडौँ — काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ गरिएको छ । बिहीबार संविधान दिवसको सन्दर्भ पारेर ‘नेसनल डे कन्सर्ट’ गरिएको हो । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको सहभागितामा अर्केस्ट्रा प्रस्तुत गरी समारोहको सुरुवात गरियो । त्यसपछि सातै प्रदेशको प्रतिनिधित्व झल्किने गरी ३२ जना कलाकारले प्रस्तुती दिए ।

कन्सर्टमा राष्ट्रिय भावनाले ओतप्रोत अर्केस्ट्रा, गीत, धुन, नृत्य र रक गीतहरु प्रस्तुत भएका छन् । यस्तै, समारोहमा आतिसबाजी गरेर संविधान दिवसको उल्लास छरिएको छ । समाजमा योगदान गरेका एक सय ५१ व्यक्तिद्वारा गठित नेसनल डे काउन्सिलको आयोजनामा भएको उक्त कार्यक्रम चार घण्टासम्म चलेको छ । कार्यक्रममा कुटुम्ब ब्यान्डलगायत कलाकारहरु आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, प्रमोद खरेल, सुवानी मोक्तान, स्वप्न सुमनलगायतको प्रस्तुति गरे भने कन्सर्टमा प्रधानमन्त्री केपी ओलीसमेत सहभागी भएका छन् । कार्यक्रममा राष्ट्रिय भावनाले प्रेरित १६ वटा गीत प्रस्तुत भए ।

प्रकाशित : आश्विन ३, २०८१ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्