कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

बडिबिल्डर खेलाडी राईको निधन

आश्विन २, २०८१
बडिबिल्डर खेलाडी राईको निधन

विराटनगर — शारीरिक सुगठनका राष्ट्रिय खेलाडी प्रकाश राईको बुधबार निधन भएको छ । पाँचौं खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता राईको बुधबार निधन भएको हो ।

मोरङको पथरी-शनिश्चरे नगरपालिका-१ निवासी राई गत शनिबार काठमाडौंको दशरथ रंगशालाको कभर्ड हलमा सम्पन्न प्रतियोगिताका विजेता थिए।

मोरङको 'फोनिक्स फिटशाला' बाट सहभागी बन्न उनी काठमाडौं आएका थिए। टोखा नगरपालिका-६ स्थित ग्रीनल्यान्ड होटलमा बस्दै आएका उनी बुधबार बिहान ६ बजेतिर अचानक लडेका थिए।

उपचारका लागि नजिकैको ग्रान्डी अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषित गरेको पारिवारिक स्रोतले जनाएको छ ।

उनको निधनको कारण खुलिनसकेको प्रहरीले जनाएको छ। प्रहरी वृत्त महाराजगन्जले घटनाबारे अनुसन्धान सुरु गरेको छ।

प्रकाशित : आश्विन २, २०८१ १२:५९
x
×