कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

हामी असल छिमेकी हुन चाहन्छौं : प्रधानमन्त्री ओली

भाद्र ३१, २०८१
हामी असल छिमेकी हुन चाहन्छौं : प्रधानमन्त्री ओली

Highlights

  • 'कसैका सार्वभौसत्तामा दखल नदिने र आफ्नो स्वतन्त्र नीतिमा कुनै हस्तक्षेप पनि अस्वीकार गर्ने नेपालको नीति छ ।’

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चीन र भारतको असल छिमेकी हुन चाहेको उल्लेख गर्दै छिमेकीबाट त्यस्तै अपेक्षा गरेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा असाेज ४ मा भाग लिन जानुअघि प्रतिनिधिसभा बैठकमा जानकारी गराउँदै उनले नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको बताएका छन् ।

‘नेपाल एउटा सर्वाभौमसत्ता सम्पन्न स्वतन्त्र, स्वाधीन राष्ट्र हो । यसले आफ्नो गौरव माथि उठाएकाे छ । आफ्ना जायज राष्ट्रिय हितहरु अन्तर्राष्ट्रिय दायित्वभित्र रहे पूरा गर्न, रक्षा गर्ने गर्ने कुरामा, राष्ट्रिय हितलाई तलमाथि गर्न नदिन नेपाल प्रतिबद्धता छ’ उनले भने, ‘नेपाल असर छिमेकीको रुपमा सम्बन्ध राख्न चाहन्छ । छुद्र, जाली छिमेकी होइन । असल छिमेकीको रुपमा रहन चाहन्छ । त्यस्तै व्यवहार छिमेकीबाट पनि चाहन्छ ।’

नेपालले सबैसँग मित्रता राख्ने स्वतन्त्र परराष्ट्र नीति लिएको उनले बताए । ‘नेपालको परराष्ट्र नीति भनिएको छ, छैन कसैसँगै शत्रुता छ, सबैसँग मित्रता छ। यो नीतिबाट नेपाल निर्देशित छ,’ उनले भने । संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधनका क्रममा यो विषय पुनः राख्ने बताए । ‘संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्न नीति, सिद्धान्तहरुमा कसैको आन्तरिक मामलामा हस्तक्षेप नगर्ने, कसैको सार्वभौसत्तामा दखल नदिने र आफ्नो स्वतन्त्र नीतिमा कुनै हस्तक्षेप पनि अस्वीकार गर्ने नेपालको नीति छ, ' उनले संसद्मा सम्बोधनको क्रममा भने ।

प्रकाशित : भाद्र ३१, २०८१ १४:४६
x
×