कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

१ सय ३० दिन चालु रह्यो चौथो अधिवेशन

भाद्र ३१, २०८१
१ सय ३० दिन चालु रह्यो चौथो अधिवेशन

Highlights

  • प्रतिनिधिसभामा उत्पत्ति भएका ५ र राष्ट्रियसभामा उत्पत्ति भएका ६ विधेयक दुवै सभाबाट पारित

काठमाडौँ — चार महिना बढी समय चालु रहेको संघीय संसद्को चौथो अधिवेशनमा प्रतिनिधिसभामा पेस भएका ८ वटा सरकारी र एउटा गैरसरकारी विधेयकमध्ये पाँच वटा विधेयक दुवै सदनबाट पारित गरेको छ । त्यस्तै, राष्ट्रियसभामा विचाराधीन रहेका ६ वटा विधेयक दुवै सभाबाट पारित भएका छन् ।

अधिवेशनबाट पारित भएका नेपाल विश्वविद्यालय विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको छ । त्यस्तै, अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सुरक्षण मुद्रणसम्बन्धी विधेयक, बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग(तेस्रो संशोधन) विधेयक पारित भएका छन् ।

त्यसबाहेक बजेटसम्बन्धी विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुलसम्बन्धी विधेयक दुवै सभाबाट पारित भई प्रमाणीकरण भएका छन् ।

प्रतिनिधिसभामा पहिलो, दोस्रो र तेस्रो अधिवेशन मार्फत १३ वटा विधेयकहरू दर्ता भएको छ । त्यसमध्ये ७ वटा विधेयक समितिमा विचाराधीन छन् । संवैधानिक परिषद(काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयकर बैंकिङ कसुर तथा सजाय(दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन बैठक समक्ष पेस भएको छ । राजनीतिक दलसम्बन्धी(दोस्रो संशोधन) विधेयक सभाको सहमतिमो सरकारले फिर्ता लिएको छ ।

त्यस्तै, राष्ट्रियसभामा दर्ता भएका मिडिया काउन्सिल विधेयक, नीकरणीय तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक र नेपाल कानुन व्यवसायी परिषद् विधेयक समितिमा छलफलका क्रममा छन् । सुरक्षित कारोबार(पहिलो संशोधन) विधेयध पारित गरी प्रतिनिधिसभामा पठाइएको छ ।

चौथो अधिवेशन २०८१ वैशाख २८ बाट प्रारम्भ भएको थियो । १ सय ३० दिनसम्म चालु रहेको अधिवेशन अवधिमा प्रतिनिधिसभाको ५३ दिनमा ५६ वटा बैठक बसेको थियो । त्यस्तै राष्ट्रियसभाको ४० वटा बैठक बसेको थियो ।

अधिवेशन अवधिमा प्रतिनिधिसभामा दुई जना प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न प्रस्ताव राखेका थिए । गत असार २८ गते तत्कालन प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न राखेको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट अस्वीकृत भएको थियो ।

त्यसअघि जेठ ७ मा तत्कालीत प्रधानमन्त्री दाहालले वविश्वासको मत प्राप्त गर्न राखेको प्रस्ताव बहुमतले पारित गरेको थियो ।

त्यस्तै, साउन ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न राखेको प्रस्ताव प्रतिनिधिसभाको सम्पूर्ण सदस्य संख्याको बहुमतले स्वीकृत गरेको थियो ।

प्रकाशित : भाद्र ३१, २०८१ १६:३९
x
×