संसद्को चौथो अधिवेशनका उपलब्धि : सहकारी बचत दुरूपयोगको छानबिन र टीआरसी विधेयक पारित

भाद्र ३१, २०८१

कान्तिपुर संवाददाता

Achievements of the 4th Session of the Parliament: Investigating the misappropriation of cooperative savings and passing the TRC Bill

काठमाडौँ — संघीय संसद्को चौथो अधिवेशन सोमबार मध्यरातिबाट अन्त्य भएको छ । सरकारले राष्ट्रपतिसमक्ष अधिवेश अन्त्य गर्न गरेको सिफारिस अनुसार राष्ट्रपति कार्यालयबाट संसद् अधिवेशन अन्त्यका लागि आएको पत्र प्रतिनिधिसभा र राष्ट्रियसभामा सुनाएर अधिवेशनको अन्त्य भएको हो ।

गत बैशाख २८ बाट प्रारम्भ भएर भदौ ३१ सम्म संसद् अधिवेशन चालु रह्यो । १३० दिनसम्म चलेको यो अधिवेशनमा प्रतिनिधिसभाबाट उत्पत्ति भएका ५ र राष्ट्रियसभाबाट उत्पत्ति भएका ६ विधेयक दुवै सभाबाट पारित भएका छन् । 

प्रतिनिधिसभामा पेस भएका ८ वटा सरकारी र एउटा गैरसरकारी विधेयकमध्ये पाँच वटा विधेयक दुवै सदनबाट पारित भएका हुन् । त्यस्तै, राष्ट्रियसभामा विचाराधीन रहेका ६ वटा विधेयक दुवै सभाबाट पारित भएका छन् ।

चौथो अधिवेशनमा प्रतिनिधिसभाबाट भएका मुख्य कामहरू बुँदागतरुपमा :–


राष्ट्रियसभाबाट भएका महत्वपूर्ण कामहरू :-

कान्तिपुर

Link copied successfully