कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

संसद्को चौथो अधिवेशनका उपलब्धि : सहकारी बचत दुरूपयोगको छानबिन र टीआरसी विधेयक पारित

भाद्र ३१, २०८१
संसद्को चौथो अधिवेशनका उपलब्धि : सहकारी बचत दुरूपयोगको छानबिन र टीआरसी विधेयक पारित

काठमाडौँ — संघीय संसद्को चौथो अधिवेशन सोमबार मध्यरातिबाट अन्त्य भएको छ । सरकारले राष्ट्रपतिसमक्ष अधिवेश अन्त्य गर्न गरेको सिफारिस अनुसार राष्ट्रपति कार्यालयबाट संसद् अधिवेशन अन्त्यका लागि आएको पत्र प्रतिनिधिसभा र राष्ट्रियसभामा सुनाएर अधिवेशनको अन्त्य भएको हो ।

गत बैशाख २८ बाट प्रारम्भ भएर भदौ ३१ सम्म संसद् अधिवेशन चालु रह्यो । १३० दिनसम्म चलेको यो अधिवेशनमा प्रतिनिधिसभाबाट उत्पत्ति भएका ५ र राष्ट्रियसभाबाट उत्पत्ति भएका ६ विधेयक दुवै सभाबाट पारित भएका छन् ।

प्रतिनिधिसभामा पेस भएका ८ वटा सरकारी र एउटा गैरसरकारी विधेयकमध्ये पाँच वटा विधेयक दुवै सदनबाट पारित भएका हुन् । त्यस्तै, राष्ट्रियसभामा विचाराधीन रहेका ६ वटा विधेयक दुवै सभाबाट पारित भएका छन् ।

चौथो अधिवेशनमा प्रतिनिधिसभाबाट भएका मुख्य कामहरू बुँदागतरुपमा :–

  • २०८१ जेठ १ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत । जेठ १३ गते प्रतिनिधिसभामा बहुमतबाट पारित ।
  • जेठ १५ गते गते प्रतिनिधिसभाको बैठकबाट सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय समिति गठन । समितिलाई ४ बुँदे कार्यादेश । समितिले असार ३१ मा आफ्नो प्रतिविदेन प्रतिनिधिसभामा पेस गरेको छ । सहकारी सम्बन्धी छानविन गर्न संसदीय समिति बनेपछि तात्कालिन प्रमुख प्रतिपक्षी दल कांग्रेस बजेट ल्याउन दिन संसदको अवरोध अन्त्य गर्न तयार ।
  • जेठ १५ मा संघीय संसद्को दुवै सदनमा तात्कालीन अर्थमन्त्री वर्षमान पुनद्वारा आर्थिक वर्ष २०८१/८२ को अनुमानित बजेट प्रस्तुत ।
  • प्रतिनिधिसभामा तीन पटक प्रधानमन्त्रीले विश्वस मत प्राप्त गर्न प्रस्ताव राखे । तात्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले दुई र प्रधानमन्त्री केपी शर्मा ओलीले एक पटक उक्त प्रस्ताव राखेका हुन् । दाहालले जेठ ७ गते दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न राखेको प्रस्ताव बहुमतले पारित भएको थियो । त्यस्तै, असार २८ मा दाहालले विश्वासको मत प्राप्त गर्न राखेको प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका ओलीले साउन ६ गते विश्वासको मत प्राप्त गर्न राखेको प्रस्ताव बहुमतले स्वीकृत भएको थियो ।
  • प्रतिनिधिसभामा यस अधिवेशनमा पेस भएका ८ वटा सरकारी र एउटा गैरसरकारी विधेयकमध्ये ५ वटा विधेयक दुवै सदनबाट पारित ।
  • शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने बहुप्रतिक्षित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग विधेयक दुवै सभाबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको ।
  • विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने र भन्सार महशुल सम्बन्धी विधेयक दुवै सभाबाट पारित भई प्रमाणीकरण ।


राष्ट्रियसभाबाट भएका महत्वपूर्ण कामहरू :-

  • अधिवेशन चालु रहेको १ सय ३० दिनमा ४० वटा बैठक बसेको ।
  • नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटमाथि सभामा छलफल तथा पारित ।
  • राष्ट्रियसभामा दर्ता भएका मिडिया काउन्सिल विधेयक, नवीकरणीय ऊर्जा दक्षता सम्बन्धी विधेयक, तिलगङ्गा नेत्र विश्विद्याल विधेयक, नेपाल कानुन व्यवसायी परिषद् विधेयक विधायन समितिमा छलफलमा ।
  • सुरक्षित कारोबार(पहिलो संशोधन) विधेयक, २०८० पारित गरी प्रतिनिधिसभामा पठाइएको ।
  • लगानी सहजीकरण सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयक दुवै सदनबाट पारित ।
  • नेपाल विश्वविद्यालय विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक दुवै सभाबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको ।
  • अभिलेख संरक्षण(पहिलो संशोधन), खाद्य स्वच्छता तथा गुणस्तर, सुरक्षण मुद्रण प्रमाणीकरण ।

प्रकाशित : भाद्र ३१, २०८१ १७:४३
x
×