नेपाल-चीन मामिला : पत्रकार शर्माका दुई पुस्तक एकसाथ सार्वजनिक

भाद्र ३०, २०८१

कान्तिपुर संवाददाता

Nepal-China Affairs: Journalist Sharma's two books released simultaneously

काठमाडौँ — लेखक तथा पत्रकार सुधीर शर्माद्वारा लिखित नेपाल-चीनबारे इतिहासदेखि वर्तमानसम्मका राजनीतिक र सांस्कृतिक सम्बन्धका आयाम समेटिएका दुई पुस्तक सार्वजनिक भएका छन् । इतिहासदेखि सन् २००८ सम्मको नेपाल र चीनबीचको सांस्कृतिक, आर्थिक र राजनीतिक सम्बन्धका आधारमा ‘भिक्षु, व्यापार र विद्रोह’ र  नेपालमा गणतन्त्र स्थापनापछिको सम्बन्धका आयाममा ‘हिमालपारिको हुरी’ पुस्तक लेखका हुन् ।

दुवै पुस्तकको आइतबार काठमाडौंमा पन्चवीरसिंह तुलाधर र मोतीलक्ष्मी शाक्यले विमोचन गरे । तुलाधर र शाक्य तिब्बतमा बसेर नजिकबाट नियाल्ने व्यक्तिहरू हुन्, जोसँग शर्माले आफ्नो किताब लेखनका क्रममा कुराकानी समेत गरेका छन् ।

विगतमा नेपालको सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा भारत,  दरबार र नेपालका राजनीतिक दलहरूको सम्बन्ध र त्यबेलाका राजनीतिक घटनाक्रममा केन्द्रित गरेर ‘प्रयोगशाला’ र ‘नेपाल नेक्सस’ पुस्तक लेखिसकेका  शर्माले यसपटक चीन मामिलाको विषयमा पुस्तक ल्याएका हुन् ।

पुस्तकमाथि एमाले महासचिव शंकर पोखरेल, कांग्रेस महामन्त्री गगन थापा, रास्वपाका उपसभापति स्वर्णिम वाग्ले र पूर्वसभासद  तथा चीन अध्येता लीला न्याँइच्याँइले विमर्श गरे ।Nepal-China Affairs: Journalist Sharma's two books released simultaneously

एमाले महासचिव पोखरेलले बदलिएको विश्व परिवेशका सन्दर्भका बारेमा एशियाको विकासका सम्भावनाका बारेमा एशियाकै ज्ञान, सिद्धान्तआधारित विश्व व्यवस्थाको निर्माणका सन्दर्भका बारेमा हामीले विमर्श सुरू गर्नुपर्ने उल्लेख गरे ।Nepal-China Affairs: Journalist Sharma's two books released simultaneously

'बदलिएको विश्व परिवेशका सन्दर्भका बारेमा एशियाको विकासका सम्भावनाका बारेमा एशियाकै ज्ञान, सिद्धान्तआधारित विश्व व्यवस्थाको निर्माणका सन्दर्भका बारेमा हामीले विमर्श शुरु गर्नुपर्छ भन्ने लाग्छ । त्यस अर्थमा नयाँ विश्व व्यवस्थाका सर्जकका रुपमा हाम्रा दुई वटा छिमेकीहरु अगाडि आउन खोजिरहेका छन् । चीन र भारत । र स्वभाविक रुपमा चीन र भारतको बढ्दो विकासका कारणले गर्दा पश्चिमा दृष्टिकोणको असर नेपालको राजनीतिमा परिरहेको छ' महासचिव पोखरेलले भने,'अब हामीले पश्चिमको आँखाबाट होइन एशियाको आँखाबाट नेपालको समृद्धिका सपनाहरू देख्न थाल्नुपर्दछ । योजना बनाउन थाल्नुपर्दछ । यसरी नेपाललाई एशियाली ज्ञान सिद्धान्तका आधारमा एशियालाई भविष्यको मानव सभ्यताको नेतृत्वकर्ता सभ्यताको विकास गर्ने कुराको आधारका सामाजिक, राजनीति, आर्थिक रूपमा अगाडि बढाउने सम्भावनाहरू देखापरेका छन् भन्ने मान्यताका आधारमा हामीले चिन्तन गर्नुपर्ने हुन्छ ।’

उनले पश्चिमाको आँखाबाट नभइ एशियाको आँखाबाट नेपालको समृद्धिका सपना देख्नुपर्ने धारणा राखे । 

कांग्रेस महामन्त्री गगन थापाले चीनले  एकातिर नेपालका सबै दलहरु चीनसँग समान सम्बन्ध राख्नुपर्छ भन्ने र अर्कोतिर वामपन्थीहरु मिल्नुपर्छ भन्दै हिँड्ने गरेको बताए । Nepal-China Affairs: Journalist Sharma's two books released simultaneously

प्रतिनिधिसभा सदस्य समेत रहेका महामन्त्री थापाले आफूले कांग्रेसको कार्यकर्ता भएर हेर्दा चीनको सो नीति बुझ्न नसकेको बताए । उनले नेपाललाई चीनले बुझ्न नसकेको र नेपालले पनि चीनलाई बुझ्न नसकेको कुरा शर्माको पुस्तक पढेपछि स्पष्ट हुने बताए । 

‘म नेपाली कांग्रेसको कार्यकर्ता, चीनको सरकारले आएर के भन्छ भने सबै नेपालका दलहरु चीनसँग समान सम्बन्ध राख्नुपर्छ भन्छ । त्यही चीनको सरकारको मान्छे फेरि एकछिन पछि दुई वटा वामपन्थी पार्टी मिल्नुपर्छ भन्छ । मैले यता हेरे सरकार देख्छु, उता हेरे पार्टी देख्छु, अलमलमा पर्ने भएँ । त्यसैले मैले चीनलाई कसरी बुझ्छु होला ? चीनले मलाई बुझेको जस्तै । यो सन्दर्भ उठाउनुभएको कुरा नेपाली कांग्रेसको कार्यकर्ता भएर हेर्दै गर्दा ठिकै हो भन्ने लाग्यो’ महामन्त्री थापाले भने । 

नेपालको राजनीतिक दल, संवैधानिक शक्तिहरु एक ठाउँमा उभिएर चीनले नेपालमा संविधान मान्ने जुनसुकै दललाई पनि विश्वास गर्नसक्ने वातावरण नेपालले बनाउनुपर्ने लेखकले पुस्तकमा उल्लेख गरेको उनले खुलाए । Nepal-China Affairs: Journalist Sharma's two books released simultaneously

 राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति वाग्लेले दुवै पुस्तक तथ्यमा आधारित रोमाञ्जक उपन्यास जस्तो रोचक रहेको उल्लेख गर्दै  इतिहासमा सबै ठीक थियो अहिले फरक छ भन्ने हिसाबले मात्र सम्बन्धहरूलाई बुझ्न नहुने बताए । उनले पुस्तकले एउटा लामो इतिहास र वर्तमानको चित्रण गरेको उल्लेख गर्दै उनले तिब्बतको महत्त्व घट्दै गए पनि तिब्तियन प्लेटको महत्त्व बढ्दै गएको कुरा पुस्तकले पनि उजागर गर्ने बताए ।Nepal-China Affairs: Journalist Sharma's two books released simultaneously

पूर्वसभासद् न्याइँच्याइँले हजारौं वर्ष पुरानो चीन भोट व्यापार र इतिहासकमा कसरी सफ्टपावरको प्रयोग हुन्थ्यो भन्ने पुस्तकमा खुलेको बताइन् । उनले सफ्टपावर के के हुन्छन् भन्ने तथ्य पुस्तकमा प्राप्त गर्न सकिने बताइन् । Nepal-China Affairs: Journalist Sharma's two books released simultaneously

किताब पब्लिसर्सबाट प्रकाशित पुस्तकमा  लेखक शर्माले चीन र तत्कालीन स्वायत्त राज्य तिब्बतसँगको सम्बन्धलाई हेर्न खोजेका छन् दुईमध्ये पहिलो किताब (भिक्षु, व्यापार र विद्रोह) ले इतिहासलाई हेर्छ । सातौं शताब्दीदेखि सन् २००८ सम्मको अवधि त्यसमा छ । दोस्रो किताब (हिमालपारिको हुरी) मा सन् २००८ पछिको अवधि छ । त्यसयता कस्ता उचारचढाव आए, चीनको संलग्नता कस्तो रह्यो भनेर केलाउने प्रयास उनले गरेका छन् । 

कान्तिपुर

Link copied successfully