कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

सहकारी संसदीय छानबिन समितिलाई कांग्रेसको लिखित सुझाव

भाद्र २५, २०८१
सहकारी संसदीय छानबिन समितिलाई कांग्रेसको लिखित सुझाव

परासी — कांग्रेसको सहकारी विभागले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिलाई लिखित सुझाव बुझाएको छ ।

कांग्रेस केन्द्रीय सदस्य एवं सहकारी विभाग प्रमुख देवेन्द्रराज कँडेलले पार्टीका तर्फबाट संसदीय छानबिन विशेष समितिका संयोजक सूर्य थापालाई मंगलबार लिखित सुझाव बुझाएका हुन् ।

कांग्रेसको सहकारी विभागले सातवटै प्रदेशमा पुगेर संकलन गरेको सुझावलाई समितिसमक्ष बुझाएको कांग्रेस सहकारी विभाग प्रमुख कँडेलले बताए ।

सहकारीका बचतकर्ता अधिकांश गरिब र विपन्न परिवारका भएको र उनीहरूले बचत गरेको रकम दुरुपयोग गरिएकाले दोषीलाई अविलम्ब कारबाही गर्न सरकार गम्भीर हुनुपर्ने पनि माग गरिएको छ । संसदीय छानबिन विशेष समितिलाई आवश्यक सहयोग गर्न कांग्रेस तयार रहेको विभागका प्रमुख कँडेलले बताए ।

प्रकाशित : भाद्र २५, २०८१ १४:५९
×