कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

समापन गरियो हरितालिका तीज

भाद्र २२, २०८१
समापन गरियो हरितालिका तीज

काठमाडौँ — भाद्र शुक्ल तृतीयाका दिनमा शुक्रबार देवाधिदेव महादेवको पूजा आराधनागरी हरितालिका (तीज) पर्वको व्रत बसेका वर्तालुले आज बिहान गोदान, पूर्णपात्रगरी व्रत समापन गरेका छन् । 

सामान्यतया अरु व्रत त्यसैदिन बेलुकी समापन गर्ने विधि भए पनि हरितालिका (तीज) व्रत भने भोलिपल्ट बिहानमात्र उद्यापन गर्ने शास्त्रीय परम्परा छ । भाद्र शुक्ल तृतीयाकै बेलुकी पूजा लगाएका वर्तालुले पनि व्रत समापन चतुर्थीको बिहान गरेपछिमात्र भोजन गर्ने गर्छन् ।

बिहीबार राति दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषिपञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नानगरी अरुन्धतीसहित सप्तऋषिको पूजागरी तीज समापन हुन्छ ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

प्रकाशित : भाद्र २२, २०८१ ०९:२१
x
×