कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

निजामती सेवा प्रविधिमैत्री, सिर्जनशील र नतिजामुखी हुन जरुरी : मुख्य सचिव अर्याल

भाद्र २२, २०८१
निजामती सेवा प्रविधिमैत्री, सिर्जनशील र नतिजामुखी हुन जरुरी : मुख्य सचिव अर्याल

काठमाडौँ — मुख्य सचिव एकनारायण अर्यालले निजामती सेवा प्रविधिमैत्री, सिर्जनशील, सेवाग्राहीमैत्री र नतिजामुखी हुन जरुरी रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा २१ औं निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्य सचिव अर्यालले निजामती प्रशासनको विगतमा कायम भएको गरिमालाई जोगाउन अहिले विभिन्न चुनौतीहरू खडा भएको बताए ।

उनले बद्लिँदो विश्व परिवेशसँगै नेपालको शासन व्यवस्थामा सिर्जित नयाँ आयामलाई सम्बोधन गर्न निजामती सेवा प्रविधिमैत्री सिर्जनशील, सेवाग्राहीमैत्री र नतिजामुखी हुन जरुरी रहेको बताए । सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामुलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभुति गर्ने कार्यमा निजामती सेवाको प्रमुख भुमिका रहेको उनको भनाइ थियो ।

उनले भने, ‘निजामती प्रशासनको विगतमा कायम भएको गरिमालाई जोगाउन आज हाम्रा सामु विभिन्न चुनौतीहरू खडा भएका छन् । बदलिँदो विश्व परिवेशसँगै नेपालको शासन व्यवस्थामा सिर्जित नयाँ आयामलाई सम्बोधन गर्न निजामती सेवा प्रविधिमैत्री सिर्जनशील, सेवाग्राहीमैत्री र नतिजामुखी हुन जरुरी छ । सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामुलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभुति गर्ने कार्यमा निजामती सेवाको प्रमुख भुमिका रहेको सर्वविदित नै छ ।'

मुख्य सचिव अर्यालले आफ्नो कर्तव्य र जिम्मेवारीमा उच्च मनोबलका साथ सकारात्मक सोच लिएर जनताको सेवामा लाग्न सबै कर्मचारीहरुलाई निर्देशन दिए ।

प्रकाशित : भाद्र २२, २०८१ १३:४१
x
×