कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११९

कांग्रेसको श्रम तथा ट्रेड युनियन विभागमा १० सदस्य मनोनीत

भाद्र २०, २०८१
कांग्रेसको श्रम तथा ट्रेड युनियन विभागमा १० सदस्य मनोनीत

काठमाडौँ — नेपाली कांग्रेसको श्रम तथा ट्रेड युनियन विभागमा १० जना सदस्य मनोनीत भएका छन् । केन्द्रीय सदस्य हरिशरण नेपाली प्रमुख रहेको उक्त विभागमा सभापति शेरबहादुर देउवाले बिहीबार कांग्रेसको विधान, २०१७ को धारा २५ (९) बमोजिम १० जना सदस्यहरू मनोनीत गरेका हुन् ।  

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार काठमाडौंका डीपी अर्याल, दाङका बमबहादुर डीसी, काठमाडौंका भीमार्जन आचार्य, उदयपुरका तारा राई, सप्तरीका प्रभातकुमार ललन, दाङका राजेन्द्र बुढाथोकी, मकवानपुरका तेजबहादुर गोदार, सुर्खेतका जयबहादुर डीसी, कञ्चनपुरका कृष्णबहादुर कुँवर र स्याङ्जाका लीलबहादुर रनपाल मनोनीत भएका हुन् ।

प्रकाशित : भाद्र २०, २०८१ १९:२२
x
×