कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८९

प्रधानसेनापति शर्माको बिदाइ

भाद्र १९, २०८१
प्रधानसेनापति शर्माको बिदाइ

काठमाडौँ — प्रधानसेनापति प्रभुराम शर्मा तीन वर्षे कार्यकाल पूरा गरी यही भदौ २४ बाट अवकाश हुँदैछन् । उनले नेपाली सेनामा करिब ४२ वर्ष सेवा गरेका छन् । शर्मालाई सम्मानका साथ बुधबार सैनिक मुख्यालय जंगी अड्डामा आयोजित एक विशेष समारोहबीच बिदाइ गरिएको छ । 

कार्यक्रममा कायममुकायम प्रधानसेनापति रथी अशोकराज सिग्देलले महारथी शर्माको सन्तुलित जीवन तथा शालीन शैली, जटिल परिस्थितिहरूको वस्तुपरक ढंगबाट सामना गर्न सक्ने क्षमताबाट आफू ज्यादै प्रभावित भएको बताए ।

नेपाली सेनाको साख तथा प्रतिष्ठालाई थप उचाइमा पुर्‍याउन उनले देखाएको दृढता र समर्पण भाव नेपाली सेनाको इतिहासमा सदैव जीवन्त रहने उनले बताए ।

प्रधानसेनापति शर्माले नेपाली सेनामा नेतृत्व परिवर्तन नियमित प्रक्रिया रहेको उल्लेख गर्दै आफ्नो कार्यकालमा भएका दीर्घकालीन योजनाहरूको कार्यान्वयन तथा अन्य साङ्गठनिक उपलब्धिहरू सम्पूर्ण सक्कलदर्जाको सामूहिक प्रयासबाट सम्भव भएको बताए ।

उनले आफ्नो कार्यकालमा भएका संस्थागत सुदृढीकरण एवं विविध सकारात्मक प्रयासहरूमा निरन्तर साथ, सहयोग र रचनात्मक सुझाव प्रदान गर्ने रक्षा मन्त्रालय लगायत सम्बद्ध सबैमा कृतज्ञता समेत व्यक्त गरे । उक्त अवसरमा कामुप्रधानसेनापति सिग्देलले सम्झनास्वरूप शर्मालाई उपहार प्रदान गरे ।

प्रकाशित : भाद्र १९, २०८१ २१:४९
x
×