कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

तीन महिनापछि निगमको काठमाडौं-ताप्लेजुङ उडान

भाद्र १९, २०८१
तीन महिनापछि निगमको काठमाडौं-ताप्लेजुङ उडान

ताप्लेजुङ — नेपाल वायु सेवा निगमले बुधबारदेखि काठमाडौं–ताप्लेजुङ हवाई उडान सुरु गरेको छ । क्याप्टेन उज्व्वल सिलवाल र अंकुर अर्यालले उडान भरेको निगमको जहाजमा काठमाडौंबाट ४ जना यात्रु ताप्लेजुङ आइपुगेका छन् । त्यस्तै ताप्लेजुङबाट भने २ जना यात्रु काठमाडौं गएका छन् । 

निगमका ताप्लेजुङ कार्यालय प्रमुख नारायणकुमार कार्कीका अनुसार जेठ ११ गतेपछि भएको पहिलो उडान हो । अहिले ताप्लेजुङ–काठमाडौं उडान सातामा एकदिन बुधबार मात्रै रहेको छ । यात्रुको संख्या बढे उडान तालिका थप गर्ने कार्कीले बताए । यसअघि सातामा चार वटासम्म उडान गरेको थियो ।

निगमले काठमाडौंबाट १३ र ताप्लेजुङबाट १६ जनासम्म यात्रु उडाउने गरेको छ । काठमाडौंबाट फ्युल भरेर आउनुपर्ने भएकाले यात्रु कम हुने तर ताप्लेजुङबाट फर्कंदा फ्युल घट्ने भएकाले यात्रु बढ्ने निगमले जनाएको छ । भाडादर भने एकतर्फी ९ हजार ४ सय रुपैयाँ रहेको छ ।

प्रकाशित : भाद्र १९, २०८१ १०:०२
x
×