कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

प्रधानमन्त्री र एनसेलको सम्बन्ध जान्न चाहन्छौं : अध्यक्ष साह

भाद्र १८, २०८१
प्रधानमन्त्री र एनसेलको सम्बन्ध जान्न चाहन्छौं : अध्यक्ष साह

काठमाडौँ — प्रतिनिधिसभा सदस्य तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले टेलफोन सेवा प्रदायक कम्पनी एनसेल र प्रधानमन्त्रीको सम्बन्ध के हो भनेर संसद्मा प्रश्न गरेका छन् । एनसेलको लाइसेन्स नवीकरण कानुनविपरीत भएको दाबी गर्दै उनले शक्तिको आडमा लाइसेन्स नवीकरण गरिएको बताए ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद साहले करदाता कार्यालयले तोकिएको राजस्व नलिई सरकारले एनसेलको नवीकरण गर्ने निर्णय लिएको बताए ।

‘कानुनविपरीत फेरि एनसेलको नवीकरण हुने भएछ । करदाता कार्यालयले तोकिएको राजस्व नलिइकन सरकारले नवीकरण गर्ने निर्णय गर्‍यो । किस्तामा राजस्व लिनेगरी नवीकरण गर्ने निर्णय गर्‍यो । यस्तो निर्णय तेस्रो पटक गर्‍यो, यो नवीकरण कुन कानुनअन्तर्गत रहेर गरियो ?,' साहले सोधे, 'प्रधानमन्त्रीको एनसेलसँग कस्तो कनेक्सन छ हामी जान्न चाहन्छौँ ?'

कानुन साना र ठूलालाई फरक-फरक किसिमले लाग्ने हो र भन्ने पनि उनको प्रश्न थियो । 'आम जनताले आफ्नो संस्थालाई नवीकरण गर्नुपर्दा के उसले राजस्व छुट पाउँछ ? उसले जरिवाना तिर्नुपर्छ । एनसेलले अर्बौं रुपैयाँ राजस्व रोकेर राखेको छ । सरकारलाई बुझाएको छैन । यदि त्यो पैसा उठेन भने विदेशी लगानीकर्ता भाग्यो भने त्यो राजस्व कसले दिने ? प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ कि पर्दैन ?,' उनले भने ।

प्रकाशित : भाद्र १८, २०८१ १६:१७
x
×