कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सञ्चारमन्त्रीको 'अमर्यादित अभिव्यक्ति'बारे सत्तारुढ दलकै सांसदले मागे जवाफ

भाद्र १८, २०८१
सञ्चारमन्त्रीको 'अमर्यादित अभिव्यक्ति'बारे सत्तारुढ दलकै सांसदले मागे जवाफ

काठमाडौँ — सत्तारुढ दल कांग्रेसका सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रहरी महानिरीक्षकबारे सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा खतिवडाले मन्त्रीको भनाई आपत्तिजनक रहेको बताए । 'मन्त्रीहरूको जिब्रोमा ब्रेक लगाएर बोलियोस् । यसको जवाफ संसदमा दिइयोस्' सभापति खतिवडाले भने । मन्त्री गुरूले प्रदेश समायोजनमा असहयोग गर्ने प्रहरी महानिरीक्षकको 'जिब्रो थुत्नुपर्ने' भन्दै अभिव्यक्ति दिएका थिए ।

‘गण्डकी प्रदेशमा मन्त्रीको पद नै बिक्री गर्न लागियो भन्ने चर्चा छ । यो के हो ? यो बारे कसले जवाफ दिनुपर्ने हो, यसको जवाफ हामी खोज्न चाहन्छौँ । मन्त्रीको पद पैसामा बिक्री गर्न शुरुवात गरेको हो कि होइन ? यस्ता अभिव्यक्ति किन आउँछन् योबारे सरकारले जानकारी देओस् । दोस्रो, म सत्तारुढ पक्षकै सांसद हुँ । तर सूचना तथा सञ्चारमन्त्रीले केही दिन पहिला नेपाल प्रहरीका आइजिपीका जिब्रो थुत्नुपर्दछ भनेर अभिव्यक्ति दिनुभएछ । यो अभिव्यक्ति आपत्तिजनक छ । मन्त्रीहरुलाई आग्रह गर्न चाहन्छु, जिब्रोमा ब्रेक लगाइयोस् । अन्त कहाँ–कहाँ लगाउनुपर्ने हो ब्रेक लाग्दै गर्ला । तर मन्त्रीहरुले चाहीँ जिब्रोमा ब्रेक लगाएर बोल्ने गरियोस् । सभामुखसँग अनुरोध गर्न चाहन्छु यसको जवाफ संसदमा दिइयोस्’ खतिवडाले भने ।

प्रकाशित : भाद्र १८, २०८१ १३:५६
x
×