कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

एमाले सचिवालय बैठक बस्दै

भाद्र १३, २०८१
एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी(एमाले) को सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा अहिले दिउँसो १ बजे बस्न लागेको हो । 

बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावमा छलफल गर्ने गरी कार्यसूची तय गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बैठकमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव सहभागीहुने जनाइएको छ ।

प्रकाशित : भाद्र १३, २०८१ १३:००
x
×