कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

नेपाली समाजमा नैतिकता हराउँदै गएको छ : सभापति देउवा

भाद्र १०, २०८१
नेपाली समाजमा नैतिकता हराउँदै गएको छ : सभापति देउवा

काठमाडौँ — नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली समाजमा नैतिकता हराउँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् । टुँडिखेलमा सोमबार आयोजित गौरा पर्व विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित पुगेका नेताहरूको विरोध भएपछि समाज बिथोल्न खोज्नेहरुलाई कारबाही गर्न आग्रह गरे । 

ओली र देउवा टुँडिखेलमा पुग्दा केही युवाहरुले नेताहरुको विरोधमा नाराजुलुस गरेका थिए । सोही विषयमा बोल्दै सभापति देउवाले काठमाडौंमा आएर गौरा पर्वको कार्यक्रम बिथोल्नेहरुलाई काठमाडौंवासीले ठिक पार्नुपर्ने बताए ।

उनले भने, ‘सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत भारतको केही जिल्लाहरुबाट समेत साथीहरू आउनुभएको छ । यहाँ गौरा पर्व सुन्न आएकाहरु हुनुहुन्छ । धेरै साथीहरु, देउडा खेल्न आउनुभएको छ । तर गौरा पर्व सुन्न दिँदैनन् । न गौरा खेल्न दिन्छन् । यस्ता कार्यक्रम बिथोल्नेहरु यहाँ बसेका छन्, यसको पछाडि को छ? कुन तत्व छ? त्यसलाई यहाँका जनताले ठिक पार्नुपर्छ भन्ने मलाई लाग्दछ ।'

सभपति देउवाले गौरा लगायतका चाडपर्वहरुले नेपालीहरुलाई एकतामा बाँध्ने कार्य गर्दै आएको बताए ।

प्रकाशित : भाद्र १०, २०८१ १८:२९
x
×