कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

ओमानका विदेश मन्त्री काठमाडौंमा

भाद्र १०, २०८१
ओमानका विदेश मन्त्री काठमाडौंमा

काठमाडौँ — ओमानका विदेश मन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी काठमाडौं आइपुगेका छन् । उनी परराष्ट्रमन्त्री आरजु राणा देउवाको निमन्त्रणमा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि सोमबार अपराह्न यहाँ आइपुगेका हुन् । 

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरिन् ।

भ्रमणका दौरान दुवै देशका विदेश मन्त्रीहरुबीच नेपाल–ओमान सम्बन्धलाई थप प्रगाढ बनाउने र अन्य विविध विषयमा द्विपक्षीय भेटवार्ता तथा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

ओमानका विदेशमन्त्रीले भ्रमणका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टचार भेट गर्नेछन् । उनी मंगलबार भदौ ११ गते काठमाडौँबाट स्वदेश फर्किनेछन् ।

प्रकाशित : भाद्र १०, २०८१ १८:२०
x
×