कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७६

जसपा नेपालमा कार्यविभाजन : चेम्जोङ सहअध्यक्ष, राउत र शर्मा महासचिव

भाद्र १०, २०८१
जसपा नेपालमा कार्यविभाजन : चेम्जोङ सहअध्यक्ष, राउत र शर्मा महासचिव

काठमाडौँ — जसपा नेपालको महाधिवेशन सकिएको साढे दुई महिनापछि पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरू तोकिएका छन् । पदाधिकारी र केन्द्रीय सदस्यहरूका लागि उम्मेदवारी दर्ता गरेपछि  चुनावै नगरी अध्यक्ष उपेन्द्र यादवलई पदाधिकारी र केन्द्रीय सदस्य तोक्ने अधिकार प्रत्यायोजन गरी महाधिवेशन स्थगित भएको थियो । 

महाधिवशेन सकिएपको साढे २ महिनापछि अध्यक्ष यादवले पदाधिकारीसहित ३० सदस्यीय केन्द्रीय कार्यकारिणी समिति २७ जना केन्द्रीय सदस्य, केन्द्रीय अनुसशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोगमा रहनेहरूको नाम तय गरेका हुन् ।

पदाधिकारीमा रकम चेम्जोङलाई सदअध्यक्षको जिम्मेवारी दिइएको छ । त्यस्तै पाँच उपाध्यक्षमा राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, गोविन्द चौधरी, शिवालाल थापा मगर र विद्युत् बज्राचार्य छन् ।

दुई महासचिवमा लालबाबु राउत र रामकुमार शर्मालाई जिम्मेवारी दिइएको छ । मनिषकुमार सुमनले प्रवक्ताको जिम्मेवारी पाएका छन् । तीन उपमहासचिवमा प्रकाश अधिकारी, दीपक कार्की र रेखा यादवलाई जिम्मेवारी दिइएको छ । सात सचिवमा लिला सिटौला, शैलेन्द्र साह, सुनी लामा, राजकुमार राई, सुरेश मण्डल, लाक्पा शेर्पा, कमरूद्धीन राई छन् । कोषाध्यक्षको जिम्मेवारी सुरिताकुमार साहलाई दिइएको छ ।

कार्यकारीणी समितिमा १० जना सदस्य छन् ।

प्रकाशित : भाद्र १०, २०८१ ११:२७
x
×