कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

नेपालमा दुई दलीय व्यवस्थाको कुनै सम्भावना छैन : खनाल

नेपालमा दुई दलीय व्यवस्थाको कुनै सम्भावना छैन : खनाल

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालमा दुई दलीय व्यवस्था आउने सम्भावना नरहेको दाबी गरेका छन् । 

कांग्रेस–एमाले नेतृत्वको सत्तारुढ गठबन्धनलाई दलाल पुँजीवाद र दक्षिणपन्थी अवसरवादको संज्ञा दिँदै उनीहरुले नेपालमा दुई पार्टी सिस्टम ल्याउने धृष्टता गरेपनि त्यो सम्भव नहुने उनको जिकिर छ ।

आइतबार काठमाडौंमा आयोजित पार्टी केन्द्रीय सदस्यहरुको शपथग्रहण कार्यक्रममा बोल्दै सम्मानित नेता खनालले दुई ठूला पार्टीको नेपालमा दुई दलीय व्यवस्था ल्याउने प्रयत्न भएपनि त्यो कल्पनामा मात्रै सीमित हुने दाबी गरे ।

सम्मानित नेता खनालले कांग्रेस र एमाले घमण्डी र भ्रष्ट पार्टी रहेकाले उनीहरुले संविधान संशोधनका लागि चलाएको हल्ला पनि काम नलाग्ने बताए । दुई ठूलो पार्टीले आफूहरुको सहयोग बिना संविधान संशोधनको नाममा कमा र फुलिष्टप पनि चेन्ज गर्न नसक्ने सम्मानित नेता खनालले बताए । उनले संविधान संशोधनको नाममा समानुपातिक समावेशी प्रणाली हटाउने धृष्टता सत्तारुढ दलहरुले गरेर नेपाली जनताले त्यसको प्रतिरोध गर्ने चेतावनी समेत दिए ।

सम्मानित नेता खनालले भने, ‘दुई वटा पार्टीको सरकार बनेको छ । यी दुई घमण्डी पार्टीहरु हुन् । भ्रष्ट पार्टीहरु हुन् । र अवसरवादी पार्टीहरु हुन् । एउटा त प्रतिक्रियावादी दलाल पुँजीवादको प्रतिनिधि नै भइहाल्यो । अर्को घोर अवसरवादी दक्षिणपन्थी नेतृत्व भएको पार्टी हो । दलाल पुँजीवाद र दक्षिणपन्थी अवसरवादको गठबन्धन । यो ढंगको गठबन्धन सरकार बनेर उसले के धृष्टता गर्दैछ भन्दा दुई पार्टी सिष्टम बनाउने । जुन कुरो मलाई लाग्छ–यो सूर्यमुनि असम्भव छ । कमसेकम नेपालमा चाँहि असम्भव छ ।'

नेता खनालले कांग्रेसमाथि सवार भएर प्रधानमन्त्री केपी ओलीले सत्ता चलाइरहेको भन्दै त्यसले एमाले भित्र ठूलो असन्तुष्टि बिजारोपण गरिरहेको बताए ।

प्रकाशित : भाद्र ९, २०८१ १५:३३
x
×