कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

रामेछाप पहिरो [अपडेट] : २ जनाको मृत्यु, ८ बेपत्ता 

भाद्र ९, २०८१
रामेछाप पहिरो [अपडेट] : २ जनाको मृत्यु, ८ बेपत्ता 

Highlights

  • एक बालकले भागेर जोगाए ज्यान

दोलखा — रामेछापको दोरम्बा–शैलुङ गाउँपालिका–३ मा पहिरोमा परेर २ जानको मृत्यु भएको छ । पहिरोमा परेर ८ जना बेपत्ता भएका छन् । पहिरोमा परेका एक जना बालकले भागेर ज्यान जोगाएका छन् । 

पहिरोमा परेर मृत्यु भएका २ जनाको शव पहिरोबाट निकालिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी प्रदीपकुमार सिंहले जानकारी दिए । मृत्यु हुनेमा एक जना बालक रहेका छन् ।

शनिबार राति भीषण वर्षापछि आएको पहिरामा टोकरपुर लेकखर्कको ४ वटा घर बगाएको प्रारम्भिक जानकारी आएको रामेछापका डीएसपी सिंहले बताए । पहिरोले गाउँपालिकाको २ र ३ नम्बर वडा जोडने ढाईगाउँ खोलाको पक्की पुल बगाएको छ ।

पहिरो गएको गाउँ जानेबाटो वर्षाले क्षति गरेकाले उद्धारमा कठिनाइ भएको सिंहले बताए । उद्धारका लागि प्रहरी पहिरो गएको गाउँ पुगिसकेको छ । पहिराले गरेको क्षतिका बारेमा थप विवरण आउन बाँकी छ ।

प्रकाशित : भाद्र ९, २०८१ ०७:२३
x
×