कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

ओमानका विदेशमन्त्री बल्सुसैदी नेपाल भ्रमणमा आउँदै

ओमानका विदेशमन्त्री बल्सुसैदी नेपाल भ्रमणमा आउँदै

काठमाडौँ — ओमानका विदेशमन्त्री सइद बद्र बिन हमाद बिन हमुद बल्सुसैदी नेपाल आउँदैछन् । परराष्ट्रमन्त्री आरजु राणा देउवाको निमन्त्रणामा उनले नेपालको दुई दिने औपचारिक भ्रमण गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेशमन्त्री बल्सुसैदी सोमबार आएर मंगलबार फर्किने कार्यक्रम रहेको छ । उक्त अवसरमा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् भने परराष्ट्रमन्त्री राणासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

उक्त अवसरमा दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउनेको लागि दुई मन्त्रीहरु बीचमा छलफल हुने परराष्ट्रले जनाएको छ ।


प्रकाशित : भाद्र ९, २०८१ २०:५०
x
×