कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

नारायणगढ–मुग्लिन सडकको घुमाउनेमा बस दुर्घटना, १० जना घाइते

भाद्र ९, २०८१
नारायणगढ–मुग्लिन सडकको घुमाउनेमा बस दुर्घटना, १० जना घाइते

चितवन — नारायणगढ मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा आइतबार बिहान  बस दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् ।

बस सडक किनारमा ठोक्किएको चितवन प्रहरीले जनाएको छ । सुप प्र ०२–००१ ख १३३२ नम्बरको महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको बस बिहान सवा सात बजे आफैं अनियन्त्रित भएर सडक आडको डिभाइडरमा ठोक्किएको हो ।

घाइतेलाई उपचारका लागि भरतपुर ल्याइएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए । बस सडकमा पल्टिएका कारण बाटो एकतर्फी भएको छ ।


प्रकाशित : भाद्र ९, २०८१ ०८:०५
x
×