कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

पोस्टमार्टममा संलग्न चिकित्सक भन्छन् : भैंसीले मारेको बाघ पहिलेदेखि नै घाइते र अशक्त

भाद्र ६, २०८१
पोस्टमार्टममा संलग्न चिकित्सक भन्छन् : भैंसीले मारेको बाघ पहिलेदेखि नै घाइते र अशक्त

चितवन — मकवानपुरको मनहरी गाउँपालिका–६ प्रतापपुर भैंसीको प्रतिकारमा मरेको बाघ पहिलेदेखि नै घाइते र अशक्त रहेको पोस्टमार्टममा संलग्न पशुचिकित्सकले जनाएका छन् । 

चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा मृत बाघको पोस्टमार्टम भइसकेको छ । पोस्टमार्टममा संलग्न निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा.विजय श्रेष्ठले सो बाघको शरीरका विभिन्न ठाउँमा पुराना घाउचोट भेटिएको बताए ।

‘अर्को बाघसँग जुधेर भएका घाउचोट धेरै नै थिए । ती कम्तीमा १०/१५ दिन पुरानो घाउ हुन् । नयाँ घाउ दुई ठाउँमा मात्रै थियो,’ डा.श्रेष्ठले भने । उक्त बाघ सात–आठ वर्षको भाले हो । अर्को भाले बाघसँग जुधेर ठाउँ–ठाउँमा चोट लागेको डा.श्रेष्ठको भनाइ छ । अशक्त भएर बस्ती निस्केको बाघले भैंसीलाई आक्रमण गरेको उनले बताए । भैंसीले प्रतिकार गर्दा लागेको चोटले बाघ मरेको हुन सक्ने उनले बताए ।

‘घाइते र अशक्त बाघले जंगलमा सिकार गर्न गाह्रो हुन्छ । त्यसैले गाउँ आएर सजिलो सिकारका रूपमा भैंसीलाई आक्रमण गर्‍यो । तर भैंसीले पनि प्रतिवाद त गर्दछ । टाउकोमा र शरीरको पछिल्लो भागमा एउटा एउटा नयाँ घाउ छ । टाउकोको चोटले सायद ज्यान नै गयो,’ डा.श्रेष्ठले भने । बाघको टाउकोमा पहिल्यै तीन चारवटा घाउचोट रहेको उनले बताए । त्यसैगरी घाँटी, खुट्टा र शरीरका अन्य भागमा पनि पुराना चोट थिए ।

‘पहिल्यै सख्त घाइते भएको, दुब्लाएर अत्यन्त कमजोर भएको बाघ हो । टाउकोमा थप चोट लाग्दा तत्कालै मर्‍यो,’ डा.श्रेष्ठले भने ।

सम्बन्धित समाचार

प्रकाशित : भाद्र ६, २०८१ १४:१९
x
×