कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

प्रधानमन्त्री नै विश्वविद्यालयमा दल र प्राध्यापकले राजनीति गर्नुपर्छ भन्नेका सेनापति : श्रेष्ठ

प्रधानमन्त्री नै विश्वविद्यालयमा दल र प्राध्यापकले राजनीति गर्नुपर्छ भन्नेका सेनापति : श्रेष्ठ

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले त्रिविमा सत्तारुढ दलका कार्यकर्ताहरूको त्रासले पदाधिकारी कार्यकक्षमा जान नसक्ने अवस्थाको कारक प्रधानमन्त्री केपी शर्मा ओली भएको बताएकी छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद श्रेष्ठले प्रधानमन्त्री ओलीको कार्यक्षमतामा प्रश्न उठेको बताएकी छन् । 

पछिल्लो समय प्रधानमन्त्री ओलीले शिक्षक र प्राध्यापकले राजनीति गर्न पाउनुपर्ने अभिव्यक्ति दिँदै आएका थिए भने त्यस्तो गर्न नहुने भनेर शिक्षामन्त्री हुँदा श्रेष्ठले लिएको अडानको आलोचना गरेका थिए । सांसद श्रेष्ठले भने त्यसरी शिक्षालयमा राजनीति हुनुपर्छ भन्नेका सेनापति भएर ओली निस्किएको बताइन् । 'शिक्षालयमा दल चाहिन्छ भनेर सेनापतिका रूपमा बोल्दै हिँड्ने, दलगत हुनुपर्छ राजनीति चाहिन्छ, शिक्षक/प्राध्यापकहरूले राजनीति गर्नुपर्छ भन्ने सेनापति को हुनुहुन्छ ? अहिलेका प्रधानमन्त्री,' श्रेष्ठले भनिन्, 'जरोमा पनि उही, टुप्पोमा पनि उही । यसमा प्रधानमन्त्रीको कार्यक्षमता भएन भनेर नभन्नुपर्ने कारण के छ ?'

त्रिवि लगायतका विश्वविद्यालय र स्कुल/कलेजमा राजनीति घुसाउँदाको परिणाम शिक्षामन्त्रीले गृहमन्त्रीलाई विश्वविद्यालयका पदाधिकारीको सुरक्षा गरिदिनु भनेर सामाजिक सञ्जालमा लेख्नुपर्ने अवस्था आएको श्रेष्ठले बताइन् ।

'विभागीय प्रमुखको पदका लागि यो दलीय राजनीतिकरणले देखाएको, निम्त्याएको दुर्दशा हो । यो त्यतिमा मात्रै सीमित रहँदैन । विवाद भएका विश्वविद्यालयका कुलपति प्रधानमन्त्री, एउटा मन्त्रीले अर्को मन्त्रीलाई सामाजिक सञ्जालमा जोडदार माग गर्नुपनर्ने त्यो मन्त्रिपरषिद्को कप्तान को ? प्रधानमन्त्री । दलीय राजनीतिले जर्जर बनाएको प्राध्यापक, विद्यार्थीको संगठनको दिशा दिन्छु भनेर हाँक्ने को प्रधानमन्त्री' श्रेष्ठले भनिन् ।

एमालेको विद्यार्थी संगठनका नेताले सरश्वती क्याम्पसमा चिट चोराउन नदिएको भन्दै परीक्षा नियन्त्रकलाई कुटेको पनि श्रेष्ठले बताएकी छन् ।

प्रधानमन्त्री ओलीले युवाहरूलाई स्वदेशमा नै बस्ने व्यवस्था बनाउनुपर्ने भनी अभिव्यक्ति दिइरहेको तर व्यवहारमा शिक्षा क्षेत्रमा राजनीति घुसाएको र त्यहाँ गुन्डागर्दी गर्ने आफ्ना कार्यकर्ताहरूलाई संरक्षण गरिरहेको श्रेष्ठको भनाइ थियो ।

प्रकाशित : भाद्र ६, २०८१ १४:०७
x
×