कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

माओवादी सांसदको प्रश्न : त्रिविमा सुरक्षा दिन सक्नुहुन्न भने अन्त कहाँ दिन सक्नुहुन्छ ?

माओवादी सांसदको प्रश्न : त्रिविमा सुरक्षा दिन सक्नुहुन्न भने अन्त कहाँ दिन सक्नुहुन्छ ?

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिष्ट्रारलाई सत्तारुढ दलका विद्यार्थी संगठनका नेताहरूले ज्यान मार्ने धम्की दिएको भन्दै प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका सांसदले आपत्ति जनाएका छन् । माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले काठमाडौंमा रहेको त्रिभुवन विश्वविद्यालयमा सुरक्षा दिन नसक्ने हो भने अन्त कहाँ सुरक्षा दिन सक्छ भनेर सरकारलाई प्रश्न गरेका छन् । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद दाहालले त्रिविमा भएको समस्याबारे सदनलाई जानकारी दिनुपर्ने बताए । 'यतिबेला त्रिविमा त्यहाँका उपकुलपति, रेक्टर, रजिष्ट्रारहरू सुरक्षा कारण देखाउँदै कयौं दिनदेखि कार्यालयमा उपस्थित हुन सक्नुभएको छैन, सत्य के हो ? सत्य के हो, हामीले थाहा पाउनुपर्छ,' दाहालले प्रश्न गरे, 'त्रिविमा असुरक्षा हुन्छ भने अन्त कहाँ सुरक्षा दिन सक्नुहुन्छ ? सरकार छ कि छैन ? सरकार छ भने टीयूमा सुरक्षा दिनुपर्‍यो ।'

त्रिभुवन विश्वविद्यालयमा देखिएको समस्या यकीन गरी सरकारले समाधान गर्नुपर्ने सांसद दाहालको भनाइ थियो । 'त्रिविको समस्या के हो ? यदि राजनीतिक समस्या हो भने वार्ताद्वारा हल गर्नुपर्‍यो । अपराधजन्य समस्या, गुन्डागर्दी हो भने कानुनी प्रक्रियाबाट नियन्त्रण गर्नुपर्‍यो,' उनले भने ।

त्रिविमा सुरक्षा व्यवस्था छैन भन्ने सुन्देश गएमा सही नहुने दाहालको भनाइ थियो ।

प्रकाशित : भाद्र ६, २०८१ १४:२२
x
×