कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

पहिरोका कारण डुम्रे–बेंसीसहर सडकखण्ड अवरुद्ध

भाद्र ६, २०८१
पहिरोका कारण डुम्रे–बेंसीसहर सडकखण्ड अवरुद्ध

तनहुँ — सडकमाथिबाट खसेको पहिरोको कारण डुम्रे–बेंसीसहर सडकखण्ड अवरुद्ध भएको छ । भानु नगरपालिका–१ स्थित रमाइलो डाँडामा बिहीबार दिउँसो करिब साढे १ बजे सडकमाथिबाट पहिरो खस्दा उक्त खण्ड पूर्णरुपमा अवरुद्ध भएको स्थानीय सन्दीप श्रेष्ठले बताए । 

सो खण्ड हुँदै यात्रा गर्ने सवारी चालकहरुलाई भन्सार–नारेश्वरटार–सशस्त्र प्रहरी गण हुँदै बाह्रबिसेको वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ ।

प्रकाशित : भाद्र ६, २०८१ १४:०७
x
×