कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिको निर्वाचन मंगलबार हुने

श्रावण १३, २०८१
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिको निर्वाचन मंगलबार हुने

काठमाडौँ — प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिको निर्वाचन आगामी मंगलबार हुने भएको छ । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७६ को उपनियम १ बमोजिम उक्त समितिको सभापतिको निर्वाचनका लागि यही साउन १५ गते समय तय गरिएको हो । 

प्रतिनिधिसभाको आजको बैठकमा सभामुखको आसनमा रहेका उपसभामुख इन्दिरा रानाले सभापति पदको निर्वाचनसम्बन्धी जानकारी दिँदै निर्वाचनसम्बन्धी सूचना आजै प्रकाशित गर्न प्रतिनिधिसभाका महासचिवलाई निर्देशन दिइन् ।

यसअघि समितिको सभापति रहेकी डा आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेपछि नयाँ सभापति चयन गर्न लागिएको हो । प्रतिनिधिसभाको आजको बैठकले सांसद उपेन्द्र यादवलाई अर्थ समिति, भानुभक्त जोशी र दीपक कार्कीलाई कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र धनबहादुर बुढालाई महिला तथा सामाजिक मामिला समितिको सदस्यमा चयन गरेको छ ।

प्रकाशित : श्रावण १३, २०८१ १७:०३
×