कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

संविधान संशोधन गरी ‘नो भोट’को व्यवस्था गर्नुपर्छ : किराँती

श्रावण ८, २०८१
संविधान संशोधन गरी ‘नो भोट’को व्यवस्था गर्नुपर्छ : किराँती

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले सत्तारुढ कांग्रेस–एमालेले दुई दलीय प्रणालीको अवधारणा अघि बढाएको भन्दै आपत्ति जनाएका छन् ।

सांसद किरातीले संविधान संशोधन गर्दा निर्वाचनमा मतदाताले कुनै उम्मेदवारलाई पनि भोट दिन्न भन्ने व्यवस्था गर्नुपर्ने बताए ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद किराँतीले धेरै दलमध्येबाट एउटा दलले जित्ने कुरा मुख्य कुरा हुने भन्दै दुई दलीय प्रणालीको अवधारणा सही नभएको बताए । संविधान संशोधन गर्दा अग्रममनका एजेण्डालाई अघि बढाउन पनि सत्तारुढ गठबन्धनलाई उनले सचेत गराए ।

‘दुई दलीय प्रणालीको पनि कुरा यहाँ उठेको छ । के लोकतन्त्रमा दुई दलमध्ये एउटा दल छान्नु लोकतन्त्र हो ? कि धेरै दलमध्ये एउटा दल छान्नु लोकतन्त्र हो ? खेलकुदमा एक जनाको जित्छ, जसले मेहनत गर्छ, अरुलाई रेखाभन्दा बाहिर निकालेर होइन,' किरातीले भने, 'लोकतन्त्रमा जनतालाई बलियो बनाउनका निम्ति संविधान संशोधन गर्दाखेरी धेरै अग्रममनका एजेण्डा हालेर त्यसमा नो भोटको व्यवस्था पनि गर्नुपर्छ ।'

सांसद किरातीले जनतालाई बलियो बनाउने गरी संविधान संशोधन हुनुपर्ने बताए ।

प्रकाशित : श्रावण ८, २०८१ १७:०३
×