कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९१

गरिबी हटाउन सरकारले आवश्यक कार्यक्रम ल्याउँछ : प्रधानमन्त्री ओली

श्रावण ६, २०८१
गरिबी हटाउन सरकारले आवश्यक कार्यक्रम ल्याउँछ : प्रधानमन्त्री ओली

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा विद्यमान गरिबी हटाउनका लागि सरकारले आवश्यक कार्यक्रम ल्याउने बताएका छन् ।

आईतबार प्रतिनिधि सभा बैठकमा आफूमाथिको विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् ।

राष्ट्रिय योजना आयोगको नेतृत्वमा एउटा संयन्त्र बनाई सरकारले गरिवी हटाउनका लागि आवश्यक कार्यक्रम तर्जुमा गर्ने प्रधानमन्त्री ओलीको भनाई थियो । उहाँले सबै पालिकामा खाद्य भण्डारणको स्थापना गर्न स्थानीय तहसँग सरकारले तत्काल समन्वय र सहकार्यको कामलाई अघि बढाउने बताए ।

‘सबै पालिकामा खाद्य भण्डारणको स्थापना गर्न स्थानीय तहसँग समन्वय र सहकार्य गर्नेछौं । यस बाहेक निरपेक्ष गरिवी चाँडोभन्दा चाँडो कसरी हटाउने भन्ने सम्बन्धमा योजना आयोगको नेतृत्वमा सम्बन्धित मन्त्रालयको एक संयन्त्र तयार पार्नेछौं । र, त्यसको सुझावको आधारमा कार्यक्रम तर्जुमा गर्नेछौं । सडकमा बालबालिकाको बेहाल हुन नदिन हामीले मन्त्रिपरिषदबाट हामीले निर्णय गरिसकेका छौं । जुनसुकै भूगोलमा जन्मिएको भएपनि बालबालिकालाई भोकै मर्न दिइन्न ’

प्रधानमन्त्री ओलीले सडकमा बालबालिकाहरुलाई बेहाल हुन नदिनका लागि आफूले मन्त्रिपरिषद्को पहिलो बैठकबाट नै आवश्यक निर्णय गराएको स्मरण गराए ।

प्रकाशित : श्रावण ६, २०८१ १४:३७
x
×